वैदेशिक रोजगारीको प्रलोभनमा सर्वसाधारण ठग्ने महिला पक्राउ
चितवनमा वैदेशिक रोजगारीको प्रलोभनमा सर्वसाधारण ठग्दै हिँडेकी एउटी महिलालाई प्रहरीले पक्रेको छ ।
खैरहनी नगरपालिका ७ सुर्तना बस्ने वर्ष ३८ की मिना चौधरीले वैदेशिक रोजगारीको प्रलोभनमा तीन दर्जन बढीलाई ठगेको उजुरीपछि प्रहरीले प्रक्रेको हो ।
राम्रो कमाई हुने, चिनजानका मानिस तथा आफन्त मार्फत् भिसा मगाइदिने र कम रकममा नै विदेश पठाई दिन्छु भनि विश्वास दिलाई प्रलोभनमा पारी उनले विभिन्न मितिमा ३८ जनासँग लाखौं ठगेकी हुन् ।
उनले ४५ लाख ७५ हजार रुपैयाँ ठगेको पुष्टि भएको छ । चितवन जिल्ला अदालतबाट म्याद थपेर प्रहरीले ठगी मुद्दामा थप अनुसन्धान अघि बढाएको छ ।
टिप्पणीहरू