गन्दे झारभित्र झण्डै एक लाखको काठ

गन्दे झारभित्र झण्डै एक लाखको काठ

सर्लाहीमा सालको काठ बरामद भएको छ । ईश्वरापुर नगरपालिका ५, सिद्धार्थ चोकस्थित घर पछाडीको बारीमा लुकाएर राखिएको काठ बरामद भएको हो ।

मानिस बस्न छाडेको घर पछाडि गन्दे झारमा लुकाएर राखिएको अवस्थामा सालको काठ फेला परेको हो । सशस्त्र प्रहरी बलका अनुसार उक्त स्थानबाट ४० क्यूबिक फिट सालको काठ बरामद भएको छ । घर र काठ कसको हो भन्नेबारे अझै विवरण नखुलेको सशस्त्रले जनाएको छ ।

झण्डै ८८ हजार मूल्य बराबरको उक्त सालको काठ सशस्त्र प्रहरीका सई एकराज चौलागाईंको टोली र रेञ्जर गंगा चौधरीको टोलीले बरामद गरेको हो । बरामद काठलाई हिजै सगरमाथा वन परियोजनामा बुझाइएको छ ।

टिप्पणीहरू