भारु र चाँदीका गहना बोक्ने दुई जना च्याप्पै
सर्लाहीमा स्रोत नखुलेको भारतीय रुपैयाँ र चाँदीका गहना बोकेका दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलले बिहार राजनगरका दुई जनालाई समातेको हो ।
पक्राउ पर्नेमा ३८ वर्षीय रञ्जित राय र ६१ वर्षका लखन राय छन् । उनीहरुमध्ये लखनले भारतीय रुपैयाँ २० हजार २० र ५ सय १० नेपाली रुपैयाँ बोकेका थिए ।त्यस्तै, रञ्जितले ३ केजी चाँदीको गहना बोकेको बताइएको छ । उनीहरुलाई स्थानीय दुर्गा मन्दिर नजिकैबाट समातिएको हो ।
टिप्पणीहरू