सामसुङ एक्सचेन्ज सुविधा !

सामसुङ एक्सचेन्ज सुविधा !

सामसुङ प्रयोगकर्ताहरूले अब नयाँ सामसुङ स्मार्टफोनकोे लागि आफ्ना पुरानो सामसुङ स्मार्टफोनहरू एक्सचेन्ज गर्न सक्नेछ ।

सामसुङ मोबाईलका लागि आधिकारिक विक्रेता, आइएमएस (IMS) ले आफ्ना अधिकांश आइएमएस स्मार्ट IMS SMart शोरूमहरूमा सामसुङ एक्सचेन्ज सुविधा ल्याएको हो । ग्राहकहरुले अब आफ्ना पुराना सामसुङ स्मार्टफोनहरुमा राम्रो मूल्याङ्कन प्राप्तगर्न सक्ने छन् साथै यस सुविधा मार्फत सामसुङ स्मार्टफोन एक्सचेन्ज गर्न सक्ने छन् ।

इच्छुक ग्राहकहरूले केवल आइएमएस स्मार्ट आउटलेटहरूमा गई आफ्नो पुरानो स्मार्टफोनको विवरण दिनु पर्नेछ । कम्पनीले पुरानो स्मार्टफोनको उचित मूल्याङ्कन वेव पोर्टल मार्फत दिनेछ यसका लागि ग्राहकहरूले एक्सचेन्ज फारम अनिवार्य भर्नु पर्नेछ । त्यसपछि ग्राहकहरूले आफ्नो पुरानो सामसुङ स्मार्टफोनको सट्टामा नयाँ सामसुङ स्मार्ट फोन छनौट गर्न सक्नेछन् ।

न्यूरोड पाको काठमाडौं, रोयल सिङ्गी होटेल आर्केड कमलादी, पिपल्स प्लाजा, खिचापोखरी, अल्का अस्पताल नजिक, जावलाखेल ललितपुर, शेर्पा मल दरवारमार्ग काठमाडौं,  पिपलबोट चोकको नजिक बौद्ध काठमाडौंका आइएमएस स्मार्ट (IMS SMart) शोरूमहरूमा एक्सचेन्ज सुविधा उपलब्ध गराइएको छ ।

कम्पनीले क्रमशः निकट भविष्यमा अन्य स्थानहरूमा पनि सुविधाविस्तार गरिने जनाएको छ ।

आइएमएस ग्रुपका अध्यक्ष दिपक मलहोत्रा भन्नुहुन्छ – “हाम्रो लक्ष्य सँधै हाम्रा मूल्यवान ग्राहकहरूलाई उहाँहरूका अनुरोध र सुझावहरू ध्यान दिएर सुनेर उत्तम ग्राहक अनुभव प्रदानगर्नु हो । एउटा प्रमुख अनुरोध भनेको एक्सचेन्ज सुविधा प्रदानगर्नु हो जसको कारणले हामीले यस सुविधा यो नयाँ वर्ष २०२० मासुरु गर्ने निर्णय ग-यौं।”

आइएमएस ग्रुप (IMS Group) एक निरन्तर रुपमा सबैभन्दा चाँडै बढ्दै आएको संगठन हो जसको २० वटा भन्दा बढि कम्पनी रहेको छ । IMS, नेपालको लागि सामसुङ स्मार्टफोनको राष्ट्रिय स्तरको विक्रेता हो साथै नेपालमा पहिलो पटक १९९८ मा आधिकारीक रुपमा मोबाइल आयातगर्ने पहिलो कम्पनी हो । विगत २७ वर्षको अन्तरालमा यो कम्पनी विविध क्षेत्रहरुमा बढ्दै आईरहेको छ ।

टिप्पणीहरू