एन आई सी एशिया बैंकका ग्राहकलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट

एन आई सी एशिया बैंकका ग्राहकलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट

एन आई सी एशिया बैंक बैंकका ग्राहकहरूलाई सोनी ब्राभिया टेलिभिजन खरिदमा विशेष छुट पाउने भएको छ ।

एन आई सी एशिया बैंक लिमिटेड र नेपा हिमा ट्रेड लिंक प्रा.लि. बीच सोनीका आउटलेटहरू तथा केही आधिकारिक विक्रेताहरूबाट सोनी ब्राभिया टिभी मोडल नं  65X8000G, 65X9500G, 55A8G, 55A8F र 55A1को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार यस बैंकका ग्राहक महानुभावहरूले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा बैंकको आफ्नै पिओएस र क्युआर कोड प्रयोग गरि सोनी ब्राभियाका उपरोक्त उल्लेखित मोडलहरूको टेलिभिजन खरिद गर्दा प्रत्येक खरिदमा १० % वा अधिकतम रू. २,०००/- सम्म छुट प्राप्त गर्न सकिनेछ । यो योजना २०७६ फागुन १२ गतेदेखि २९ गतेसम्म लागू हुनेछ ।

यस बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेको छ । जसअनुसार बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गका माध्यमहरूबाट विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २,२०० वटा भन्दा बढि मर्चेन्टहरूबाट आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ ।

ग्राहक महानुभावहरूले मर्चेन्टहरूको बारेमा विस्तृत जानकारी प्राप्त गर्न यस बैंकको वेबसाइट www.nicasiabank.com मा हेर्न सक्नुहुनेछ ।

 

टिप्पणीहरू