बिओके स्मार्टको टपअपमा २५% नगद फिर्ता योजना

बिओके स्मार्टको टपअपमा २५% नगद फिर्ता योजना

बैंक अफ काठमाण्डू लिमिटेडले “अब पाउनुहोस्, मोबाइल भुक्तानी र्मै आम्दानी” भन्ने मुलनाराका साथ बिओके स्मार्ट मार्फत नेपाल टेलिकम तथा एनसेलको प्रिपेड र पोष्टपेड मोबाइलमा टपअप गर्दा ग्राहक महानुभावहरुले कारोबार रकमको २५% नगद फिर्ता पाउने योजना सार्वजनिक गरेको छ ।

बिओकले आफ्नो २५ औँ वर्ष पूरा गरेको उपलक्ष्यमा ग्राहक महानुभावहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गदै बिओके स्मार्टको टपअपमा २५% नगद फिर्ता योजना ल्याएको हो ।

बैंकले उक्त योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहक महानुभावहरुलाई अनुरोध गरेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

टिप्पणीहरू