गाँजाको भारी बोकेर भारतीयहरु नेपाल छिरे

गाँजाको भारी बोकेर भारतीयहरु नेपाल छिरे

प्रहरीले सर्लाहीमा गाँजासहित तीन जना भारतीय नागरिकलाई पक्रेको छ । आज दिउँसो मलगंवा नगरपालिका–८ बाट करिब १० केजी गाँजासहित उनीहरुलाई प्रहरीले समातेको हो ।

पक्राउ पर्नेमा भारत सितामढी ग्राम पञ्चायत राजा प्रसोनी–१ बस्ने २३ वर्षीय मोहम्मद साकिरलगायत तीन जना रहेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार गोरखकालीबाट खटिएको प्रहरीले ना.२ ह १५६७ नम्बरको टेम्पोलाई जाँच गर्ने क्रममा उक्ति आगूऔषध फेला परेको हो । सो टोलीले उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू