बोर्डरमा सवा क्विण्टल गाँजा अलपत्र

बोर्डरमा सवा क्विण्टल गाँजा अलपत्र

नेपाल भारत सीमामा एक सय २० केजी गाँजा फालिएको अवस्थामा फेला परेको छ । गए राति १० बजेतिर बारा जिल्लाको देवताल गाविससँग जोडिएको भारतीय सीमाना नजिकै सशस्त्र प्रहरी बलको गस्ती टोलीले उक्त गाँजा फेला पारेको हो ।

सीमाना नजिककैको पिपरपाती पसाह खोलामा सशस्त्रको गस्ती टोली देख्ने बितिक्कै उनीहरुले गाँजा फालेर भागेको हुनसक्ने अनुमान गरिएको छ । दक्षिण झिट्कैयास्थित बिओपीबाट सशस्त्र प्रहरी नायव निरीक्षक चन्द्रबहादुर एस्लामी मगरको नेतृत्वमा खटिएको टोलीले गाँजा फेला पारेको हो ।

आठ प्याकेट बनाइएको अन्दाजी १ सय २० केजी गाँजा आवश्यक कारवाहीको लागि सशस्त्रको बिओपी दक्षिण झिट्कैयामा राखिएको छ ।

टिप्पणीहरू