झोलामा चरेश र पेस्तोल बोकेर मध्यरातमा भारततर्फ
झोलामा चरेश र पेस्तोल बोकेर मध्यरातमा भारततर्फ पैदल जाँदै गरेका एक जना मानिस पर्सा जिल्लामा गस्ती टोलीलाई देखेपछि भागेका छन् । सशस्त्र प्रहरी बलको बीओपीबाट खटिएका प्रहरी निरीक्षक राजेश्वरप्रसाद साह नेतृत्वको ७ जनाको टोलीलाई देख्ने बितिक्कै ती मानिस छिपरमाई गाउँपालिका ५ स्थित सिक्टापुल नजिकै झोला फालेर भारततर्फ टाप कसेका हुन् ।
उनले फालेको झोलाभित्र प्लास्टिकमा बेरिएको चरेशको दुई प्याकेट, कटुवापेस्तोल १ थान र पेस्तोलमा प्रयोग हुने ७.६२ मिलिमिटरको गोली १ थान फेला परेको सशस्त्र प्रहरी बल स्रोतले बताएको छ ।
उक्त चरेश र हतियारलाई आवश्यक कारबाहीको लागि राति नै बीओपीमा ल्याएर राखिएको छ ।
टिप्पणीहरू