पिकनिकस्थलबाट मोटरसाइकल चोर्नेलाई अदालत पुर्याइयो
चितवनमा बनभोज खान आएका मानिसले एउटा मोटरसाइकल र एउटा स्कुटर हराएको खबर गरेपछि प्रहरीले चोरको खोजी गरेको थियो ।
गत फागुन १२ गते कालिका नगरपालिका ५ स्थित खगेरी पुल नजिक पार्कीङ गरेको स्थानबा हराएका ती सवारी साधन चोर्ने तीन जनालाई पक्रेर अनुसन्धानको निम्ति जिल्ला अदालतबाट म्याद थपेको छ ।
ग.७ प ८०७९ नम्बरको मोटरसाइकल र ना. ४०प ८८९७ नम्बरको स्कुटर चोरिएको उजुरी परेपछि सोही नगरपालिका ५ पदमपुर बस्ने अन्दाजी वर्ष १८ को बरुण महतो, वर्ष २६ को मनोज दमै र वडा नम्बर ७ बस्ने वर्ष ३३ को कान्जालाल भन्ने वाङदोर्जे लामालाई पक्राउ गरिएको हो ।
उनीहरुलाई चितवन जिल्ला अदालतबाट म्याद थपेर आवश्यक अनुसन्धान थालिएको बताइएको छ ।
टिप्पणीहरू