सोल्टीमोडमा सालकको खपेटा किनबेच हुँदाहुँदै प्रहरी पुग्यो
संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) बेच्न हिँडेका एक युवा काठमाडौँको सोल्टीमोडबाट समातिएका छन् । प्रहरीले आज दिउँसो धादिङका गोपाल बानियाँलाई आखेटोपहार बेचिरहेका बेला रंगेहात पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले २ थान सालकको खपेटा र डिजिटल तराजुसहित बानियाँलाई रंगेहात समातेको हो । धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-३ घर भई हाल तारकेश्वर नगरपालिका-१० नेपालटार बस्ने बानियाँ खपेटा बेच्न आज दिउँसो सोल्टीमोड पुगेका थिए ।
संरक्षित वन्यजन्तु सालकको आखेटोपहार १२ लाख रुपैँयामा बिक्रि भैरहेको भन्ने गोप्य सुराकीका आधारमा प्रहरीले पिछा गरेर रंगेहात पक्रेको हो । उनको साथबाट ०.८६० ग्राम र ०.५२० ग्राम सालकको आखेटोपहर, तराजु, मोबाइल, कालो ब्याग र झोला बरामद गरेको भएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू