सामाजिक सञ्जालमा नाबालिकाको अश्लील फोटो राख्ने पक्राउ

सामाजिक सञ्जालमा नाबालिकाको अश्लील फोटो राख्ने पक्राउ

प्रहरीको साइबर ब्यूरोले अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा राख्ने एक जनालाई समातेको छ । ब्यूरोको टोलीले ललितपुर महानगरपालिका- २१ का दिपु भनिने विकास महर्जनलाई बालिकाको चरित्र हत्या गरेको आरोपमा आज पक्राउ गरेको हो ।

ब्यरोले सामाजिक सञ्जालमा पीडित नाबालिकाको अश्लिल फोटोसहित अश्लिल स्टाटस अपलोड गरेर दुःख दिदै आएकाले महर्जनलाई पक्राउ गरेको बताएको छ । उनलाई विद्धुतीय कारोबार ऐन २०६३ बमोजिमको कसूरमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

महर्जनलाई आज जिल्ला अदालत काठ्माडौंमा उपस्थित गराएर पाँच दिनको म्याद थप गरेर अनुसन्धान थालिएको हो ।

टिप्पणीहरू