एनआईसी एशिया बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा प्युठानमा

एनआईसी एशिया बैंकको नयाँ शाखारहित बैंकिङ्ग सेवा प्युठानमा

एन आई सी एशिया बैंकले प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं.९, लामाचौरमा आफ्नो ५५ औं शाखारहित बैंकिङ्ग सेवा फागुन १८ गतेबाट संचालनमा ल्याएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा वित्तीय पहुँचको सुविधा तथा वित्तीय सवलीकरणको लागि उक्त शाखारहित बैंकिङ्ग सेवा संचालन गरेको हो ।

ग्रामीण र दुर्गम क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

ग्रामीण क्षेत्रहरुमा यस्तो सेवाबाट स्थानीयवासीहरूले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

टिप्पणीहरू