कुखुराको खोरमा नाबालिका बलात्कृत
उदयपुरमा नौ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा एक युवक समातिएका छन् । बेलका नगरपालिका– ५, घुम्ने लालीगुँरास टोलका ३५ वर्षीय गणेश खत्रीलाई प्रहरीले बलात्कारको आरोपमा समातेको हो ।
आरोपित खत्रीले नाबालिकालाई प्रलोभनमा पारेर नजिककैको कुखुरा फर्ममा लगेर बलात्कार गरेका थिए । घटनाको बारेमा स्थानीय बालबालिकाले खत्रीकी श्रीमतीलाई जानकारी गराएपछि थाहा भएको बेलका नगरपालिका– ५ का वडाध्यक्ष गोविन्द्रकुमार खड्काले जानकारी दिए ।
खत्रीले नाबालिकालाई यसअघि पनि पटक पटक बलात्कार गरेको तथ्य खुलेको छ । पछिल्लो पटक घटनाबारे नाबालिकाले घरमा जानकारी गराएपछि उनका आफन्तले इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा जाहेरी दिएका छन् । जाहेरीपछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिबाट गएको टोलीले खत्रीलाई पक्राउ गरेको हो ।
पक्राउपछि खत्रीलाई अनुसन्धानका लागि जिल्ला अदालत उदयपुरबाट आज सात दिनको म्याद थप गरिएको छ । नाबालिकाको स्वास्थ्य परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू