डल्लेलाई काठमाडौं जिल्ला अदालतमा उभ्याइयो
बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी डल्ले कामीलाई पक्रेर प्रहरीले आज काठमाडौं जिल्ला अदालतसमक्ष पेश गरेको छ । उनलाई फैसला कार्यान्वयनको निम्ति अदालतमा उभ्याइएको हो ।
काभ्रेपलाञ्चोकको पनौती १२ घर भई काठमाडौंको गोकर्णेश्वरमा बस्ने डल्लेले कपिलवस्तुको बुद्धभूमि १ घर भई काठमाडौंको धुम्बाराही बस्ने ओमप्रकाश बेलबासेलाई ठगेका थिए ।
बैंकिङ कसूर मुद्दामा उनलाई जिल्ला अदालतले गत कात्तिक २८ गते १८ लाख जरिवाना, ५ दिन कैद र बिगो रकम १८ लाख तोकेपछि उनी फरार भएका थिए ।
तर हिजो साँझ उनलाई गोकर्णेश्वरबाटै प्रहरीले पक्रेर ल्याएपछि उनलाई आज अदालतमा पुर्याइएको हो ।
टिप्पणीहरू