अघिल्लो दिन कुटिएकी श्रीमतीले भोलिपल्ट प्राण त्यागिन्

अघिल्लो दिन कुटिएकी श्रीमतीले भोलिपल्ट प्राण त्यागिन्

श्रीमतीलाई कुटेर मारेको अभियोगमा झापामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । श्रीमती कुटेर मारेको अभियोगमा बिर्तामोड–५ का ४० वर्षीय कमल राउत समातिएका हुन् । उनले ३९ वर्षीया श्रीमती खेमजुङ गुरुङलाई कुटेर मारेका हुन् ।

बुधवार राति राउतले घरायसी विवादको आवेगमा श्रीमतीलाई मरणासन्न हुने गरी कुटेका थिए । श्रीमानको कुटाईबाट घाइते खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचारपछि थप उपचारको निम्ति बिराटनरस्थित नोबेल अस्पताल लगिएको थियो ।

तर उक्त अस्पतालमा पनि उपचार हुन नसकेपछि आफन्तले बिर्तामोडमा रहेको गुरुङको माइती घरमा ल्याएर राखेका थिए । थप उपचारको व्यवस्था गर्दागर्दै गए राति साढे १० बजे अन्तिम सास फेरिन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू