लाइसेन्स परीक्षामा भारतीय नक्कली परीक्षार्थी

लाइसेन्स परीक्षामा भारतीय नक्कली परीक्षार्थी

सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय, लुम्बिनीले लिएको सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका चार जनालाई प्रहरीले समातेको हो । पक्राउ परेकामध्ये दुई जना नेपाली र दुई जना भारतीय रहेको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

रुपन्देहीको देवदह नगरपालिका–७ का २२ वर्षीय उदयराज भण्डारी, कपिलवस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारतको उत्तर प्रदेश जिल्लाको महाराजगञ्जका १९ वर्षीय सन्दिप कुर्मी र १९ वर्षीय महिप बर्मा पक्राउ परेका हुन् । उनीहरुमाथि सार्वजनिक कसुरअन्तर्गत अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू