बालिका जताततै असुरक्षित, इँटाभट्टामा पनि बाँकी राखेनन्
मुलुकमा पछिल्लो समय महिला र बालबालिका असुरक्षित भएका धेरै वटा घटना बाहिरिएका छन् । विद्यमान कानुन र नियमको बारेमा जानकार रहेकाहरुबाट पनि बालिका र महिलामाथि दुव्र्यवहार हुने गरेको पछिल्ला घटनाबाट समेत पुष्टि भएको छ ।
अभिनेता पहल शाहदेखि शिक्षक र सांसदसम्म त्यस्ता घटनामा मुछिएका छन् । यसैबीच भक्तपुरमा १४ वर्षीया नाबालिकालाई बलात्कार गरेको अरोपमा एक युवक समातिएका छन् ।
चाँगुनारायण नगरपालिका २, झौखेल ठुटे इँटाभट्टामा काम गर्ने रामेछाप खाडादेवी गाउँपालिका २, घर भएका २८ वर्षीय दिनेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इँटाभट्टामा काम गर्ने दिनेशलाई महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग व्यासीबाट खटिएको टोलीले पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू