पल शाह कम्तिमा अरु छ महिना जेलमै,नाबालिका बलात्कार मुद्दा अब उच्च अदालतले टुङ्ग्याउने

पल शाह कम्तिमा अरु छ महिना जेलमै,नाबालिका बलात्कार मुद्दा अब उच्च अदालतले टुङ्ग्याउने

उमेर नपुगेकी गायिकालाई वर्षौंसम्म ठाउँ फेरि फेरि “बलात्कार” गरेको अभियोग लागेका अभिनेता पल शाहलाई पुर्पक्षको निम्ति कारागार पठाउने आदेश भएको छ । आज बेलुका तनहुँ जिल्ला अदालतका मुख्य न्यायाधीश हरिश्चन्द्र ढुंगानाबाट भएको आदेशमा उक्त व्यहोरा उल्लेख छ ।

यो आदेश मुध्दा जारी रहेकोले त्यतिन्जेल बाहिर बस्नबाट रोक्न अनिश्चित समय जेल राख्ने आदेश हो,अवधी नतोकिने हुनाले यसलाई पुर्पक्ष भनिन्छ । अब यो मुध्दा उच्च अदालत पोखरा जान्छ र कति समय कैद गर्ने,सफाइ दिने या धरौटीमा छाड्ने भन्ने कुराको निर्क्यौल त्यसैबाट मात्रै लाग्न सक्छ । त्यताबाट यौटा टुङ्गो लागेपछि अन्तिम फैसलाको निम्ति फेरि जिल्लामै फर्कन्छ ।

“अब यो मुध्दा उच्च अदालत पोखरा जान्छ र कति समय कैद गर्ने,सफाइ दिने या धरौटीमा छाड्ने भन्ने कुराको निर्क्यौल त्यसैबाट मात्रै लाग्न सक्छ ।”

छिटोमा यो सबै प्रक्रिया पूरा हुन छ महिना लाग्न सक्छ । कृष्णबहादुर महरामाथि रोशनी शाहीले हालेको मुध्दासमेत यही विधिबाट पार लागेर अन्तिममा मुध्दा शुरु गर्ने काठमाण्डौ जिल्ला अदालतबाट सफाइ दिइएको हो ।

साँसद मोहन बानियाँ र पूर्व सभामुख कृष्णबहादुर महरा जोडिएको करणीसम्बन्धी मुध्दा र पल शाह प्रकरण किन पनि भिन्न छ भने यौटै पेशाभित्र सहमतिमै सबै काम कुरा सम्पन्न भएतापनि तनहुँको हकमा उजुरकर्ताको उमेर पुगिसकेको छैन ।

त्यसैले पनि मुख्य न्यायाधीश हरिश्चन्द्र ढुंगाना विद्वान अधिवक्ताहरुका कतिपय तर्क र परिस्थितिजन्य प्रमाणहरु,अहिलेको सामाजिक बिकृति,कानूनी छिद्रताजस्ता बिविध पक्षलाई महसुस गर्दागर्दै पनि पललाई उनको मतियार भनिएका म्यानेजर कृष्ण जोशीलाई झैं धरौटीमा छाड्न तयार हुनुभएन ।

शाहविरुध्दको मुद्दामा भएको थुनछेक बहस आजै अपरान्ह सकिएको हो । जिल्ला अदालत तनहुँमा शाहका १२ जना कानुन व्यवसायीले बहस गरेका थिए । मतियारका रुपमा पक्राउ परेका शाहका म्यानेजर कृष्ण जोशीका कानुन व्यवसायीहरुले गरेको थुनछेक बहस पनि आजै सकिएर उनीसङ्ग १ लाख धरौटी मागिएको छ ।

हिजो पीडित पक्षका नौ जना वकिलले बहस गरेका थिए । पीडितले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुध्द १४ वर्ष कैद सजाय माग गरेको थियो ।

म्युजिक भिडियो छायांकनको क्रममा आफूलाई शाहले पटक पटक बलात्कार गरेको बताउँदै किशोरीले अघिल्लो महिना प्रहरी प्रशासन गुहारेकी हुन् । किशोरी दुई महिनाअघि कास्की जिल्ला प्रहरी कार्यालय,पोखरामा शाहले आफूमाथि पटक पटक बलात्कार गरेको भन्दै कानुुनी उपचारको निम्ति पुगेकी थिइन् । उनको सबै कुरो सुनेपछि प्रहरीले पनि कानुनी व्यवस्थाबारे आवश्यक जानकारी गराएर केही महिनाअघि त्यहाँबाट फिर्ता पठाएको थियो ।

त्यतिबेला पोखरामा प्रहरीले बलात्कार भएका घटनास्थलको बारेमा समन्वय गर्ने हो भने त्यो पनि गर्न सकिन्छ भनेर आश्वस्त तुल्याएको थियो । त्यहि क्रममा कास्की प्रहरीले आफ्ना कर्मचारीको साथ लगाएर तनहुँ प्रहरीसँग समन्वय गरी पछि त्यहाँ पठाएको हो ।

त्यतिबेला पनि उनी निवेदन दर्ता नगरी फर्किएको र भोलिपल्ट अकस्मात जिल्ला प्रहरी कार्यालय,दमौलीमा उजुरी लिएर गएकी थिइन् । किशोरी आफ्ना पिताको साथमा कास्की प्रहरी पुगेकी हुन् ।

सोही क्रममा प्रहरीले उनीहरुबीच भएको वार्तालापको ‘अडियो कन्भरसेसन’ पनि फेला पारेको थियोे । बलात्कृत किशोरीले प्रहरीसँग शाहले आफूलाई जबर्जस्ती गरेको घर,कोठा,मिति,समय र पटक सबै बताएकी थिइन् ।

तनहुँपछि उनले नवलपुर (पूूर्वी नवलपरासी) जिल्ला प्रहरी कार्यालयमा पनि त्यस्तै प्रकृतिको उजुरी दर्ता गरेपछि शाहलाई केही दिन त्यहाँ लगेर बयान लिइएको थियो । त्यता पनि पलविरुद्ध मुद्दा दायर हुन लागेको छ ।

[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/03/1.pdf”]

टिप्पणीहरू