काँग्रेस पनि तात्यो

काँग्रेस पनि तात्यो

नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, सानेपामा बस्ने बताइएको छ ।

आजको बैठक आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित हुने जानकारी दिइएको छ । यस्तै, गठबन्धन, उम्मेदवारको मापदण्ड, प्रारम्भिक समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरुले जनाएका छन् ।

काँग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौलालगायतका नेताहरु सत्ता गठबन्धनबीच निर्वाचनमा तालमेल गर्नुपर्ने पक्षमा छन् । तर, नेता शेखर कोइराला, महामन्त्री गगन थापालगायतका केही नेताहरु भने निर्वाचनमा एक्लै जानुपर्ने अडानमा छन् ।

पार्टी बैठक अघि नेता पौडेलले सत्तारुढ दलसँग गठबन्धन गर्ने या नगर्नेबारे निर्णय बनाउन आफूपक्षीय नेताहरुसँग आफ्नै निवास बोहोराटारमा छलफल गर्नुभएको छ ।

टिप्पणीहरू