टुँडिखेलमा दोहोरी गाइने
राष्ट्रिय लोकदोहोरी महोत्सव काठमाडौंको टुँडिखेलमा आयोजना गरिने भएको छ । डीआर मुभिजले चैत २५ देखि ३० गतेसम्म टुँडिखेलमा महोत्सव आयोजना गर्न लागेको हो ।
नेपाली कला संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले उक्त महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । महोत्सवमा प्रतियोगिता र जिल्लाको स्थानीय कला संस्कृति झल्किने झाँकी प्रस्तुत गरिनेछ ।
यसपटक ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ लाई १० लाखभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक पक्षको भनाइ छ । दर्शकले निःशुल्क रुपमा महोत्सव अवलोकन गर्न पाउने छन् ।
कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारको सहभागिता हुने जनाइएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद पुरस्कार ५ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले २ लाख रुपैयाँसँगै पदक र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यसअघि आयोजक संस्थाले २०७६ सालमा ऐतिहासिक राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव गरेको थियो ।
टिप्पणीहरू