राष्ट्रपति भैरवनाथ गणबाट सोझैबपोखरा
राष्ट्रपति विद्यादेवी भण्डारी केही बेरअघि पोखरा जानुभएको छ । उहाँ शीतल निवास अगाडि भैरवनाथ गणको हेलिप्याडबाट हेलिकप्टरमा पोखरा जानुभएको हो ।
साढे १० बजे शीतल निवासबाट गाडीमा निस्कनुभएकी राष्ट्रपति पौने ११ बजे भैरवनाथ गणको हेलिप्याडमा राखिएको एन ए ०५८ कल साइन भएको हेलिकप्टर चढेर काठमाडौंबाट पश्चिमतर्फ उड्नुभएको हो ।
राष्ट्रपतिको टोलीमा अरु चार जना पनि रहेको पोखरा विमानस्थल श्रोतले बताएको छ ।
टिप्पणीहरू