राजधानीमा मध्यराती बिष्फोटक पदार्थको हौवा

राजधानीमा मध्यराती बिष्फोटक पदार्थको हौवा

पछिल्लो समय समाजलाई आतंकित तुल्याउन विभिन्न उपाय रच्न थालिएको छ । विशेषगरी सडकपेटी र किनारामा बेवारिसे सामान छाडेर हिँडेपछि शहरी जीवन एकछिन भए पनि बिथोलिन्छ ।

यस्तै कार्य हिजो काठमाडौंको व्यस्त चोकमध्येको एक लैनचौरमा देखियो । उपराष्ट्रपति कार्यालय र दुग्ध विकास संस्थान लैनचौरको सामुन्ने सडक पेटीमा कालो सुटकेशमा शंकास्पद वस्तु राखेर फालिएको थियो । लगत्तै उक्त क्षेत्रमा एक छिन हाहाकार मच्चियो । नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरियो । सवारी साधन जाममा परे ।

राती साढे ११ बजेदेखि झण्डै एक घण्टा सो क्षेत्रमा आतंक मच्चियो । तर नेपाली सेनाका क्याप्टेन समीर थापाको बम डिस्पोजल टोलीले सावधानीका साथ चिटिक्कको उक्त सुटकेशलाई खानतलास गर्यो । डिस्पोजपछि सुटकेशमा महिलाका नयाँ कपडा राखिएको पाइयो । कालो सुटकेशले डेढ घण्टासम्म सबैलाई आतंकित तुल्यायो ।

सडकमा पर्याप्त सीसीटिभी क्यामरा नराख्ने र सुरक्षा निगरानी नबढाउने हो भने यस्तो हौवा र आतंकले भोलिका दिनमा झन् प्रश्रय पाउने देखिन्छ ।

टिप्पणीहरू