सशस्त्र प्रहरी दिवसमा मार्चपास
सशस्त्र प्रहरी बल,नेपालले ‘२५ औं सशस्त्र प्रहरी दिवस (रजत महोत्सव)–२०८२’ का अवसरमा मार्च शुरु गरेको छ । झापाको मेची पुल र कञ्चनपुर गड्डाचौकी सीमा ईलाकाबाट हिजो ‘पूर्व–पश्चिम झण्डा मार्च कार्यक्रम’ थालिएको हो ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति सशस्त्र नायव महानिरीक्षक कुमार न्यौपानेले मार्च टोलीलाई झण्डा हस्तान्तरण गरेका थिए ।
यता,कञ्चनपुरमा प्रमुख जिल्ला अधिकारी मदन कोइराला र सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीका नायव महानिरीक्षक प्रदीपकुमार पालले झण्डा हस्तान्तरण गरेसँगै मार्च शुरु भएको हो ।
सीमा सुरक्षाको प्रतिबद्धता, सतर्कता र उपस्थिति सशक्त रुपमा प्रदर्शन गर्न, संगठनभित्रको समन्वय,टोली भावना सुदृढ र सीमावर्ती क्षेत्रका नागरिक,स्थानीय तह तथा सरोकारवाला निकायसँग जनसम्पर्क, विश्वास र सहकार्य अभिवृद्धि गर्न मार्च कार्यक्रमको आयोजना गरिएको सशस्त्र मुख्यालयले जनाएको छ ।



टिप्पणीहरू