पत्नीको चुनावी प्रचारमा जुटे जर्नेल

पत्नीको चुनावी प्रचारमा जुटे जर्नेल

सामान्यतयाः चुनावी माहौलको चर्चै नहुने सुरक्षा निकायलाई पनि पछिल्ला दिनमा त्यसको हावाले छुन थालेको छ । नेपाली सेनाका एक जना जर्नेललाई श्रीमतीलाई जिताउनै पर्ने दवाव परेको छ ।

आगामी शनिवार हुन लागेको वकिलहरुको संस्था नेपाल बार एसोशियसनको निर्वाचनका निम्ति जर्नेल हिक्मत बिष्टले सामाजिक सञ्जालबाट भोट मागेका छन् । प्रजातान्त्रिक खेमाबाट उम्मेदवार बनेकी शर्मिला थापा बिष्टलाई सदस्य पदमा मतदान गर्न उनले सामाजिक सञ्जालमा अनुरोधसहित श्रीमतीको फोटो राखेका हुन् ।

सेनाको ७ नम्बर बाहिनी,हेटौंडाका हाकिम बिष्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आदरणीय सबैजना,चैत १९ गते हुने नेपाल बार एसोशिएसन केन्द्रीय कमिटीको निर्वाचनमा खुल्ला महिला सदस्य पदको उम्मेदवार मेरी अर्धाङ्गिनी अधिवक्ता शर्मिला थापा बिष्टलाई विजयी बनाउन सबैको सहयोगको लागि हार्दिक अनुरोध गर्दछु ।”

टिप्पणीहरू