नेपाल प्रहरीका ३ दर्जन डीएसपी तितरबितर
नेपाल प्रहरीका ३६ जना डीएसपीको सरुवा भएको छ । सरुवा भएका प्रहरी नायव उपरीक्षकहरुमध्ये प्रदेश प्रहरी कार्यालय, जनकपुरमा इकवाल हवारी, जिल्ला प्रहरी कार्यालय, बागलुङमा इन्द्रबहादुर राना, इलाका प्रहरी कार्यालय, बाँकेमा ऐनबहादुर मल्ल, इलाका प्रहरी कार्यालय, लहानमा कुमारप्रसाद मैनालील हुन् ।
त्यस्तै इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा ज्ञानकुमार महतो, इलाका प्रहरी कार्यालय, दमकमा दिलिपकुमार गिरी र इलाका प्रहरी कार्यालय अनारमनीमा रुँगमबहादुर कुँवरलाई पठाइएको छ । इलाका प्रहरी कार्यालय, पथरीमा वेदप्रसाद गौतम, महानगरीय प्रहरी वृत्त, जनसेवामा शालिकग्राम शर्मा र महानगरीय प्रहरी वृत्त, ठिमीमा हनिनन्दन चौधरी पुगेका छन् ।
त्यसैगरी, प्रहरी प्रधान कार्यालय, केन्द्रीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा चिनीमाया तामाङ, केन्द्रीय अनुसन्धान ब्युरो, महाराजगञ्जमा तपनकुमार दाहाल, प्रहरी प्रधान कार्यालय, युएन महाशाखामा दिप्ती कार्की, जिल्ला प्रहरी कार्यालय, पाल्पामा वीरेन्द्र थापा, जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा रविन्द्र खनालको सरुवा भएको छ ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/03/dysp-transfer-2078-12-14.pdf”]
टिप्पणीहरू