नयाँ राजदूतद्वारा नयाँ दिल्लीमा ‘श्री गणेशाय :’

नयाँ राजदूतद्वारा नयाँ दिल्लीमा ‘श्री गणेशाय :’

भारतका लागि नवनियुक्त राजदूत डा. शंकर शर्माले आजदेखि दूतावासको जिम्मेवारी सम्हालेका छन् । हिजो नेपाल वायुसेवाको उडानबाट दिउँसो नयाँ दिल्ली पुगेका उनलाई आज कार्यालयमा औपचारिक स्वागत गरिएको हो ।

सोही क्रममा राजदूतले दूतावासभित्र रहेको भगवानको मूर्तिमा धुप,दिप, नैवैद्य चढाएका छन् । तर,राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहोदाको प्रमाणपत्र पेश नगरेसम्म दूतावास बाहिरका औपचारिक कार्यक्रममा राजदूतको मान्यता प्राप्त नहुने कूटनीतिक अभ्यास छ ।

टिप्पणीहरू