काङ्ग्रेसको आधिकारिक निर्णय:सत्ता गठबन्धनसङ्ग चुनावमा मिलेर जान तयार

काङ्ग्रेसको आधिकारिक निर्णय:सत्ता गठबन्धनसङ्ग चुनावमा मिलेर जान तयार

चुनावी तालमेलबारे लामो समयदेखिको अन्योल र आशंकालाई चिर्दै सत्तारुढ नेपाली कांग्रेसले सत्ता गठबन्धनका दलहरुसँग मिलेर जाने निर्णय गरेको छ । चार दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले स्थानीय तहमा आवश्यकताको आधारमा गठबन्धन गर्ने निर्णय गरेको हो ।

बैठकले स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्ने नीतिगत निर्णय गरेको छ । नीतिगत निर्णयलाई कार्यान्वयनमा लैजान केन्द्र,प्रदेश,जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाउने बैठकको निर्णय छ ।

‘स्थानीय निर्वाचनमा बहुसंख्यक तहमा कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सवल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्नसक्ने नीतिगत निर्णय यो बैठक गर्दछ’,निर्णयमा भनिएको छ’, ‘स्थानीय तहको उम्मेदवार चयन गर्न पार्टीको विधानमा उल्लेखित प्रावधान र प्रक्रियाअनुरुप कार्य अघि बढाइनेछ ।’

“बैठकले स्थानीय अवस्था र आवश्यकताअनुरुप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्ने नीतिगत निर्णय गरेको छ । नीतिगत निर्णयलाई कार्यान्वयनमा लैजान केन्द्र,प्रदेश,जिल्ला र क्षेत्रीय समिति तहमा संयन्त्र बनाउने बैठकको निर्णय छ ।”

बैठकले उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ र प्रवक्ता डा. प्रकाशशरण महतको नेतृत्वमा केन्द्रीय निर्वाचन प्रचार-प्रसार समिति गठन गरेको छ । समितिलाई पूर्णता दिने अधिकार बैठकले सभापति देउवालाई दिएको छ ।

संविधान निर्माण,कार्यान्वयन र संविधानको रक्षाका सन्दर्भमा कांग्रेसले सफल नेतृत्व गरेको,देश विकास र समृद्धिको यात्रामा जिम्मेवार शैली प्रस्तुत गरेको र कोरोना महामारीबाट जनताको जीवन रक्षाका लागि प्रभावकारी भूमिका निर्वाह गरेको बैठकको ठहर छ ।

त्यस्तै,संयमित र समन्वयकारी राजनीतिक व्यवहार तथा पार्टीले नेतृत्व गरिरहेको स्थानीय तहमा जनमुखी र प्रभावकारी कामका कारण आसन्न स्थानीय चुनावमा बहुसंख्यक स्थानीय तहमा बलियो आधार र परिस्थिति निर्माण भइसकेको पनि कांग्रेस बैठकको निष्कर्ष छ ।

फागुन ३ गते कार्यसम्पादन समिति बैठकले गरेको निर्णय केन्द्रीय समितिले अनुमोदन गरेको छ ।

टिप्पणीहरू