गम्भीर रोगका बिरामीलाई पाँच हजार दिने कार्यविधि पारित
गम्भीर प्रकृतिका रोग लागेका विरामीले अब सरकारबाट उपचार खर्च पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्रीस्तरीय निर्णय सदर भई कार्यविधि बनेकाले अब उपचार खर्च पाउने बाटो खुलेको हो ।
मन्त्रालयले यसअघि मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई औषधि उपचारबापत मासिक पाँच हजार पाउने दिने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनका लागि मन्त्रालयको नीति तथा अनुगमन महाशाखाले कार्यविधि बनाएको हो ।
मुलुकभरका ७५३ स्थानीय तहबाट उक्त रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि अनुरोधसहित महाशाखाले हिजो पत्राचार गरेको छ ।
टिप्पणीहरू