तारा बरालले वीर अस्पतालको तेस्रो तल्लामा अन्न खाइन्

तारा बरालले वीर अस्पतालको तेस्रो तल्लामा अन्न खाइन्

आमरण अनसनमा बसेकी तारा बरालले भर्खरै अन्न खाएकी छन् । एक सय ३५ औं दिनदेखि अनसनरत उनले आज काठमाडौंका सिडिओ गोविन्द रिजालको हातले दिएको अन्न खाएकी हुन् ।

विभिन्न माग राख्दै आफ्नै डेरा रहेको घरमा गत कात्तिक मसान्तदेखि अनसन बसेकी उनलाई यसअघि पनि अस्पतालमा भर्ना गरेर यसैगरी अनसन तोडाइएको थियो ।आज अस्पतालको तेस्रो तल्लाको ७ र ८ नम्बर क्याबिनमा बसेकी बराललाई अनसन तोडाउन सिडिओ रिजाल,मानवअधिकारकर्मी ईन्द्र अर्याल मानवअधिकार संगठन अध्यक्ष महामुनिश्वर आचार्य, महानगरीय प्रहरी परिसर टेकुका एसपी सुदिप गिरी त्यहाँ पुगेका थिए ।सिडिओले माग सम्बोधन गर्ने आश्वासन दिएपछि अन्न खुवाएर अनसन तोडाइएको हो । यसअघि पनि उनको माग पूरा गर्ने बताउँदै गृह मन्त्रालयका सहसचिवलगायत पदाधिकारीले तारा बरालसँग सहमति गरेर जुस खुवाउँदै अनसन तोडाएका थिए ।

टिप्पणीहरू