भरतपुर कुनै हालतमा छाडिँदैन ; प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकामा आफ्नो पार्टीको दाबी रहने बताउनुभएको छ । भरतपुर विमानस्थलमा विमानबाट उत्रेपछि उहाँले उक्त कुरा बताउनुभएको हो ।
महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै तालमेल गर्नेबारे सत्ता गठबन्धनमा छलफल भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘त्यसका लागि भोलि गठबन्धनको बैठक बस्ने छ ।’
भोलिको बैठकबाट तालमेलबारे गम्भीर निर्णय हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘ भरतपुरको मेयरमा हाम्रो स्वाभाविक दाबी रहन्छ ।’
२०७४ को स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकामा नेपाली काँग्रेस र माओवादीबीच तालमेल हुँदा प्रचण्डपुत्री रेणु दाहालले जितेकी हुन् । उपमेयरमा नेपाली काँग्रेसले जितेको हो ।
टिप्पणीहरू