एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यतिसम्म अत्याचार

एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यतिसम्म अत्याचार

गत शुक्रबार बिहान छ बजेदेखि नै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकाएक हवाइजहाजको उडान र अवतरण बन्द भयो । रातिसम्म उडान भइरहेको विमानस्थल आठ घण्टापछि नै ठप्प भएको हो ।

त्यो दिनको अवरोध अन्य कारणले नभएर विमानस्थलमा जापान सरकारको सहयोगमा राखिएको राडार नचलेपछि भएको थियो । हवाई उडानको सुरक्षामा राडारको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ ।

यसले आकाशमा उडेको हवाइजहाज र विमानस्थलबीचको सम्पर्क,विमानको अवस्थितिलगायतको सूचना आदानप्रदानमा सहयोग पुर्याउँछ ।

“राडार जडित बिल्डिङमा रातभरि धाराको पानी खोलेर छाडिदिएपछि भोलिपल्ट बिहान त्यसले काम गर्न नसक्ने भएको हो । त्यहि पानीले राडार बन्द भएको अनुसन्धान र छानबिनबाट खुलेको छ ।”

विमानस्थलका कर्मचारीको लापरवाहीबाट राडारमा पानी पसेपछि उक्त घटना भएको हो । राडार जडित बिल्डिङमा रातभरि धाराको पानी खोलेर छाडिदिएपछि भोलिपल्ट बिहान त्यसले काम गर्न नसक्ने भएको हो । त्यहि पानीले राडार बन्द भएको अनुसन्धान र छानबिनबाट खुलेको छ ।

विमानस्थललाई अहिले दिनको २४ मध्ये १८ घण्टा सन्चालन गर्ने भनिएकोमा अब त्यसलाई अझै समय बढाउने तयारी छ । यस्तै बेला राडार बिगारेपछि बिदेशमा ट्रान्जिट भएका कति जहाज र यात्रुको बिजोग भयो होला ! पानीले पूरै मेशिन भिजेपछि भोलिपल्ट पूरै सुकाउने र तताउने गरिएको बताइन्छ ।

बल्ल बल्ल बनाएर सञ्चालन गरिएको विमानस्थल कार्यालय स्रोतले बताएको छ । सम्बन्धित कर्मचारीले भने मौसमको खराबीका कारण राडार बिग्रेको बताउने गरेका छन् ।

यस्तो संवेदनशील वस्तु र प्रविधिमाथि खेलबाड गर्नेलाई कडा कारबाहीको कुनै छेकछन्द छैन । मौसमको कारण भन्दै ढाँटेको यस प्रकरणबाट मन्त्री प्रेमबहादुर आलेले पर्यटन क्षेत्रमा जति सुधार गरेको छु भनी गफ लगाए पनि भित्रभित्रै यस्ता ‘मुसा’ हरु धेरै रहेको पुष्टि भएको छ ।

पर्यटन क्षेत्रको धमिराको रुपमा उदाएको बतास समूहलाई ठीक पारे पनि मन्त्रालय,विभाग,नागरिक उड्डयन प्राधिकरणतिरका मुसालाई भने अझै आलेले छुन नसकेको बताइन्छ ।

टिप्पणीहरू