सडक बोर्डलाई चाहियो निर्देशक
सरकारले सडक बोर्ड नेपालको कार्यकारी निर्देशक पद्का लागि दरखास्त आह्वान गरेको छ ।
चार वर्षे कार्यकालका लागि खुला प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढेको हो ।
बोर्डले आज सार्वजनिक सूचना जारी गर्दै हाइवे इन्जिनियरिङ वा व्यवस्थापनमा स्नातकोत्तर हासिल गरी कम्तिमा १० वर्षे अनुभव रहेका व्यक्तिलाई १५ दिनभित्र दरखास्त दिन आह्वान गरेको छ ।
उम्मेदवारले कार्यकारी निर्देशकको हैसियतबाट पुर्याउन सक्ने योगदान, कार्यान्वयन गर्ने रणनीति तथा कार्ययोजनासहितको कार्यपत्र पेश गर्नुपर्ने छ ।
टिप्पणीहरू