रुस र युक्रेनबीच दुई साताभित्र वार्ता हुने टर्कीको दाबी

रुस र युक्रेनबीच दुई साताभित्र वार्ता हुने टर्कीको दाबी

टर्कीले रुस र युक्रेनका विदेशमन्त्रीबीच छिट्टै वार्ता हुने विश्वास व्यक्त गरेको छ । उसले रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र युक्रेनी विदेशन्त्री दिमित्रो कुलेवाबीच आगामी दुई साताभित्र वार्ता हुन सक्ने टर्कीले आज बताएको हो ।

‘कम्तीमा एक वा दुई साताभित्रमा विदेशमन्त्रीस्तरमा उच्चस्तरीय बैठक हुन सक्छ’, टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एउटा टेलिभिजन अन्तर्वार्तामा भनेका छन् ।

उनले अगाडि भने, ‘यो महत्वपूर्ण छ कि दुवै पक्षहरू एकै स्थानमा आउने छन् । त्यसपछि स्थायी युद्धविराममा सहमत हुने विश्वास लिएका छौं ।’

टिप्पणीहरू