मन्त्री आलेको निर्देशन : ५ दिनभित्र पैसा नतिरे ताल्चा झुण्ड्याउनु
पर्यटन विभागले सरकारलाई बक्यौता रकम नबुझाएर हालसम्म आलटाल गरेका तीन वटा क्यासिनो बन्द गराउने तयारी थालेको छ । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा ती क्यासिनोलाई बक्यौता रकम बुझाउन पाँच दिनको समय दिइएको थियो ।
सरकारलाई तिर्नुपर्ने करोडौं बक्यौता रकम बुझाउन आलटाल गरेको र पर्यटन विभागले दिएको भाखा पाँच दिन नाघेकाले ती क्यासिनो बन्द गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयसँग पत्राचार गरिएको छ । विभागले भन्यो, ‘अब बन्द हुन्छ ।’
सरकारलाई राजश्व नबुझाउने क्यासिनोमध्ये रक इन्टरनेशनल काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्सको नाममा ३० करोड बक्यौता छ ।
हालसम्म १७ वटा कम्पनीले रोयल्टी बुझाएका छन् । तीन वटाले अटेर गरेर ९० करोड रुपैयाँभन्दा बढी तिरेका छैनन् ।
टिप्पणीहरू