दिनहुँ नाबालिका बलात्कृत
नेपालमा महिला हिंसाका घटना एकपछि अर्को बढिरहेका छन् । नाबालिकाहरु बलात्कारको शिकार भएका घटना दैनिकजसो सुन्ने गरिएको छ । पुरुषप्रधान समाजमा परिवार र नजिकका आफन्तबाट भएका कतिपय हिंसाका घटना त्यसै लुकाइने गरिएको पनि पाइन्छ ।
पछिल्लो तीन दिनमा मात्रै दुई जना नाबालिका र एउटी किशोरी बलात्कारको शिकार भएका छन् । जसमध्ये ललितपुरमा १४ वर्षीया, पाल्पामा १२ वर्षीया र तनहुँमा १७ वर्षीया किशोरीमाथि जबरजस्ती करणी भएको प्रहरीले जनाएको छ ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महालक्ष्मी नगरपालिका–४ इमाडोल ग्रिनहिल सिटी बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका–४ घर भएका ३८ वर्षीय सुशिल चटौतलाई प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका–१ कचल बस्ने ४८ वर्षीय कोशल बहादुर हिस्किलाई हिजो राति प्रहरीले समातेको छ ।
१७ वर्षीया किशोरीलाई करणी गरेको अरोपमा भानु नगरपालिका–३, कालामाटा बस्ने लमजुङ दुधपोखरी गाउँपालिका–६ घर भएका २१ वर्षीय सनिल मगरलाई आज प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरु तीनै जनामाथि थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू