खाना नदिएको रिसमा छोराले आमालाई ठहरै बनाए

खाना नदिएको रिसमा छोराले आमालाई ठहरै बनाए

काठमाडौंको फोहोर फाल्ने नुवाकोटको ल्याण्डफिल्ड साइट ओखरपौवा नजिकै एक जना अधबैंशेले आमालाई कोदालो हानेर ठहरै बनाएका छन् । खाना नदिएको भन्दै उनले ६५ वर्षीया आमाको टाउकोमा कोदालो हानेका थिए ।

ककनी गाउँपालिका–१, नयाँवस्तीकी ६५ वषीया कान्छीमाया बलामीलाई उनकै छोरा ३३ वर्षीय भीमवहादुरले हत्या गरेका हुन् ।

खाना नदिएको झोंकमा मादक पदार्थ सेवन गरि राति भीमबहादुरले आमाका ज्यान लिएको नुवाकोट प्रहरीले जनाएको छ । प्रहरीले हत्यारा छोरालाई पक्रेर जिल्ला अदालत नुवाकोट समक्ष पेश गरेको हो ।

टिप्पणीहरू