सुनसरीमा पनि लागुऔषध कारोबारी छ्याप्छ्याप्ती

सुनसरीमा पनि लागुऔषध कारोबारी छ्याप्छ्याप्ती

प्रहरीले सुनसरीमा नियन्त्रित लागुऔषधसहित दुई जनालाई पक्रेको छ । बराहक्षेत्र नगरपालिका–१, चतरा बसपार्कबाट स्पामो प्रोक्सिभन र डाइलेक्स डिसी नामक लागूऔषधसहित उनीहरुलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीया सबिता राई र बराहक्षेत्र नगरपालिका–२ बस्ने २६ वर्षीय संजय राई हुन् । उनीहरुको साथबाट स्पामो प्रोक्सिभन ४८ ट्याब्लेट र डाइलेक्स डिसी ६ बोतल बरामद गरिएको प्रहरीले बताएको छ ।

सबिताको घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू