मेगा बैंकबाट कोरोना रोकथाम कोषमा १ करोड ३५ लाख सहयोग

मेगा बैंकबाट कोरोना रोकथाम कोषमा १ करोड ३५ लाख सहयोग

विश्वमा फैलिरहेको कोरोनाभाइरस महामारीको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातै प्रदेशले स्थापना गरेको कोषमा ५/५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्नेे घोषणा गरेको छ ।

बैंकले कोरोना भाइरस रोकथामका लागि सहयोग स्वरुप गण्डकी र सुदूरपश्चिम प्रदेशलाई शुक्रबार ५/५ लाख रुपैंयाको चेक हस्तान्तरण गरिसकेको छ ।

मेगा बैंक सञ्चालक समितिको निर्णय अनुसार, मेगा बैंक गण्डकी प्रदेश प्रमुख कमल कँडेलले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नु भएको छ । यसैगरी, मेगा बैंक सुदूरपश्चिम प्रदेशका प्रमुख सागर ओझाले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ५ लाख रुपैंयाको चेक हस्तान्तरण गर्नुभएको मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिनुभयो ।

बैंकका सिइओका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गरेको यो सहयोगमा सञ्चालक समितिका सदस्यदेखि मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीहरुको व्यक्तिगत योगदान रहेका छन् । विपद्को बेलामा राज्यलाई व्यक्तिगत सहयोग गर्ने बैंकका सम्पूर्ण कर्मचारीहरु, बैंक कर्मचारी युनियन लगायत सञ्चालक समितिलाई उहाँले आभार प्रकट गर्नु भएको जानकारी बैंकको विज्ञप्तीमा उल्लेख छ ।

 

 

टिप्पणीहरू