विवाह गर्छु भन्दै अधवैंशेले महिलासँग लाखौं ठगे
विवाहको आश्वासन देखाएर एक जना अधवैंशे पुरुषले महिलासँग लाखौं ठगी गरेका छन् । अहिले बिरामी परेको र निको भएपछि विवाह गर्छु भन्दै उनले महिलासँग ४२ लाख बढी ठगेका हुन् ।
काठमाडौँको विशालनगरबाट समातिएका पुरुष रामेछापका लोकबहादुर श्रेष्ठ हुन् । उनले आफू बिरामी परेको नाटक गर्दै महिलासँग ४२ लाख ३४ हजार ठगेका थिए । रामेछापको साँघुटार नगरपालिका ३ घर भएका ५३ वर्षे नविन भन्ने लोकबहादुर श्रेष्ठ हिजो पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनले पीडित महिलासँग बिरामी भएकाले कहिले अस्पतालमा र कहिले झारफुक गर्न पैसा माग्ने गरेको रहस्य खुलेको छ । महिलाले आइएमई तथा सिटिएक्सप्रेसबाट पटक पटक नगद पठाएकी थिइन् ।
श्रेष्ठलाई पक्राउ गरी ठगी कसुरअन्तर्गत थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।
टिप्पणीहरू