गज्जबका आइलागे गुप्तचर
भक्तपुरमा पूर्वसभामुख सुवास नेम्वाङको ज्वाइँ नाता लगाएर सरुवा भएका गुप्तचर एसपी टेकराज तिमिल्सिनाले सुशील कोइराला प्रधानमन्त्री हुँदा बालुवाटारमा बसेर इञ्जिनियरदेखि प्रहरी सरुवासम्म सेटिङमार्फत अथाह कमाए । त्यही पैसाले काठमाडौंमा हालसालै नयाँ घर बनाउन लागेका छन् ।
बालुवा, इँटाको व्यवस्थापन गर्न सक्ने भन्दै भक्तपुर आएका ज्वाइँ सा’बको चुरीफुरी निकै देखिन्छ । जिल्ला प्रशासन कार्यालयमा परेका मुद्दा मिलाउन राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत डिएसपीसँग सेटिङ मिलाएको थाहा पाएर पनि सम्बन्धित निकाय मौन छ ।
कांग्रेस बनेर उनले तक्मा पनि पाए । तिमिल्सिनाले राष्ट्रपतिविरुद्ध सामाजिक सञ्जालमा कमेन्ट गर्दा पनि तत्कालीन चिफ दिलिप रेग्मीले कारबाहीसमेत नगरी १ नम्बरमा बढुवा गरेका थिए । आफूलाई पहलमानजस्तो देखाउने तर अत्यन्तै काँतर । बर्दियाका सांसद सञ्जय गौतमको कृपाले टिके इन्स्पेक्टरमा नियुक्त भएका हुन् ।
उनी ३० वर्ष लागू गरेर चाँडै चिफ हुने सपना देख्न थालेका छन् । जिल्ला चलाउन पसिना निकाल्ने हुतिहाराले चिफ खान खोज्दा समकक्षीले कति हाँस्नु भन्दै खिल्ली उडाउन थालेका छन् ।
टिप्पणीहरू