एटीएम फोर्ने सैनिकको आर्मी अस्पतालमा उपचार
आज बिहान नेपाली सेनाका एक जनाले राजधानीमा एउटा बैंकको एटीएम मेसिन फोरेका छन् । बिहान ३ बजेको समयमा बनस्थलीस्थित एनआईसी एसिया बैंकको एटीएम फुटाइएको हो ।
प्रहरीले मेसिन फुटाउँदै गरेको अवस्थामा फेला परेका उनी सेनाको देवीदल गण,कञ्चनपुरमा कार्यरत ३५ वर्षे दिनेश वाइबा हुन् । ललितपुरको गोदावरी घर भएका उनले आज बिहान एटीएम मेसिन फोरेका थिए ।
“उनी सेनाको देवीदल गण,कञ्चनपुरमा कार्यरत ३५ वर्षे दिनेश वाइबा हुन् ।”
महानगरीय प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएर थप अनुसन्धान भएको जनाए पनि उनलाई अहिले छाउनीस्थित आर्मी अस्पतालमा भर्ना गरिएको छ । मानसिक रोगी भनिएका उनले आफूले औषधि खान छुटेको कारण एटीएम मेसिन फोरेको बताएका छन् ।
टिप्पणीहरू