जनता माविमा जनताकै छोरी गुरुहरुबाट असुरक्षित !
मकवानपुरको बागमती गाउँपालिका ८, फापरबारीमा रहेको जनता माविका तीन जना शिक्षकविरुद्ध विद्यार्थी आन्दोलित भएका छन् ।
साना बालिकाहरुलाई विभिन्न प्रलोभमा यौन दुव्र्यवहार गरेको आरोपमा विद्यालयमा आज आन्दोलन र तोडफोड भएको छ । बालिकाहरुलाई एकान्तमा भेट्न बोलाउने, बम्बै घुम्न लैजाउँला भन्दै गोप्य कुराहरु अरुलाई नभन्न दबाब दिनेलगायतका यौनजन्य व्यवहार देखाउने शिक्षकहरु लोकबहादुर विक, हेमबहादुर विक र रुद्र विकविरुद्ध लिखित उजुरी परेको छ । तर उजुरीबारे कारबाही नभएपछि प्रधानाध्यापक वसन्त राइसँग समेत आक्रोशित विद्यार्थीले गमला र भौतिक संरचना तोडफोड गरेका हुन ।
कक्षा ४ देखि ८ सम्म अध्ययनरत छात्राहरुले शिक्षकहरुले आफूहरुलाई गलत नियतले छुने गरेको आरोप लगाएका छन् । यसयघि पनि तीनजना शिक्षकविरुद्ध विद्यालयमा उजुरी दिइए पनि सुनुवाइ नभएको एक बालिकाले बताइन् ।
टिप्पणीहरू