युक्रेनका कारण इजिप्ट निकै अप्ठेरोमा, १७ प्रतिशतले मुद्रा अवमूल्यन
युक्रेनमा भएको रुसी आक्रमणका कारण सबैभन्दा बढी असर उत्तर अफ्रिकी मुलुक इजिप्टलाई परेको छ । मुस्लिमहरुको पवित्र महिना रमजान शुरु हुँदै गर्दा इजिप्टको मुद्राको ठूलो अवमूल्यन भएको छ ।
इजिप्टले युक्रेन र रुसबाट सबैभन्दा धेरै गहुँ आयात गर्दै आएको छ । पछिल्लो महिनादेखि उक्त आयात रोकिएको र अन्यत्रबाट खरिद गरेका कारण महँगो भएको इजिप्टको भनाइ छ ।
कोभिड संक्रमण र युक्रेन युद्धका कारण इजिप्टको अर्थतन्त्रमा नराम्रो असर परेको हो । पछिल्लो एक महिनामा त्यहाँको मुद्रा १७ प्रतिशतले अवमूल्यन भएको छ ।
टिप्पणीहरू