शिवम् सिमेन्ट्सद्वारा ३८० घर परिवारमा खाद्यान्न वितरण तथा आर्थिक सहयोग

शिवम् सिमेन्ट्सद्वारा ३८० घर परिवारमा खाद्यान्न वितरण तथा आर्थिक सहयोग

विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकारले जारी गरेका निर्देशनहरुको पुर्ण पालना गरी ‘आफु बचौं र अरुलाई पनि बचाऔं’ सोचका साथ विश्वभर फैलिरहेको नोबेल कोरोना भाईरस (कोभिड १९) महामारीको रोकथाम तथा त्यसबाट सुरक्षित रहनका लागि शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारलाई खाद्यान्न वितरण तथा क्वारन्टाइन (Quarantine)को लागि १० वटा आइसोलेसन बेड (Isolation Bed) बनाउन आर्थिक सहयोग गरेको छ ।

शिवम् सिमेन्टले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै मकवानपुर स्थित उद्योग परिसर रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरु संगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण गरेको छ । यसका साथै मकवानपुर गढी गांउपालिकामा १० आइसोलेसन बेड (Isolation Bed)को Quarantine बनाउन आर्थिक सहयोग गरेको छ ।

नोबेल कोरोना भाईरस (कोभिड १९)को महामारी यस अघि हामीले भोगेका संकट भन्दा भिन्न र विशेष किसिमको महासंकट हो र यसका विरुद्ध सरकारबाट भैरहेको पहलका बाबजुद महामारीको रोकथामका लागि तपाई हामी सबैको उत्तिक्कै योगदानको खांचो रहेको छ । देशमा जारी लक डाउनका कारण सबै नेपालीको दैनिक जिवन नराम्ररी प्रभावित भएको छ । यस लक डाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने निम्न वर्गका नागरिक र तिनका परिवार सबै भन्दा पिडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था सिर्जना भएकोले उनीहरुको दैनिकी सहज होस् भन्ने हेतुले खाद्यान्न वितरण गरिएको तथा आगामी दिनहरुमा समेत स्थानिय तहसंगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवल किशोर चौधरीले बनाउनु भयो ।

टिप्पणीहरू