शान्तिका निम्ति बिदेशमा एक नेपाली सैनिक शहीद
अफ्रिकी मुलुक कंगोमा शान्ति स्थापनार्थ तैनाथ नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । स्थानीय समयअुनसार हिजो विद्रोहीले अज्ञात स्थानबाट चलाएको गोली लागेर सिपाही अनिल गुरुङको निधन भएको हो ।
नेपाली शान्ति सेनाको पहिलो डफ्फामा कंगो गएका सुर्खेत, गुर्माकोट १४ निवासी गुरुङको हिजै उपचारको क्रममा मृत्यु भएको हो ।
गोली लागेपछि उनलाई हेलिकप्टरबाट थप उपचारको निम्ति बुनियाँस्थित लेबल २ अस्पताल लगिएको थियो ।
गुरुङको निधनमा प्रधानसेनापति प्रभुराम शर्माले हार्दिक समवेदना प्रकट गर्दै सकल दर्जाको तर्फबाट उनको बलिदानीपूर्ण योगदानको उच्च सम्मान व्यक्त गर्नुभएको छ ।
टिप्पणीहरू