महन्थ ठाकुरलाई इमर्जेन्सी हेलिकप्टरमा राजधानी ल्याइयो
स्वास्थ्यमा समस्या देखिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरलाई हेलिकप्टरमा ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको छ ।
भैरहवामा पार्टीको काममा छँदा ठाकुरको अक्सिजनको लेभल घटेपछि तत्काल हेकिप्टरबाट राजधानी ल्याइएको हो । काठमाडौं ल्याउनुअघि भैरहवास्थित भीम अस्पतालमा सामान्य उपचार गरिएको बताइन्छ ।
हिजोदेखि ज्वरो आउने र पखाला लाग्ने भएपछि ठाकुरलाई आज दिउँसो स्वास फेर्न गाह्रो भएको हो । त्यसपछि अक्सिजनको लेभल घटेकाले मनाङ एअरको हेलिकप्टरमा राजधानी ल्याइएको हो ।
टिप्पणीहरू