“जो पायो उसलाई सिमकार्ड नदिनु”

“जो पायो उसलाई सिमकार्ड नदिनु”

नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्ड तथा रिमकार्डको बिक्रीवितरणमा कडाइ गर्न सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ ।

प्राधिकरणले मोबाइल सेवा प्रदायकका सिमकार्ड बिक्री वितरण गर्दा ग्राहकले भर्नुपर्ने फाराम रीतपूर्वक नभरी र नियमानुसार कागजात रुजु नगरी बेचिएको गुनासो आएकाले आइन्दा प्रक्रिया पुर्याएर मात्र बिक्री वितरण गर्न भनेको हो ।

ग्राहकलाई पनि आफ्नो वास्तविक विवरणको आधारमा मात्र सिमकार्ड रिमकार्ड खरिद गर्न आग्रह गरिएको छ । निर्देशनबमोजिम सिमकार्ड तथा रिमकार्ड खरिद वा बिक्री नभएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने प्राधिकरणले आज प्रकाशित गरेको सूचनामा जनाइएको छ ।

टिप्पणीहरू