टेलिकमको एमडीमा पनि दलाल दिपक भट्टको चलखेल
नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा ठूलै चलखेल भएको छ । भित्रैका कर्मचारीहरु भने टेलिकमकै कर्मचारी हाकिम हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन् ।
एकथरि बिचौलियाहरु बालुवाटारदेखि शक्ति केन्द्रका सम्भावित सबै ठाउँमा पुगेका छन् । तीमध्ये दिपक भट्टले प्रधानमन्त्री पत्नीसम्म पहुँच पुर्याएर आफ्ना मान्छेलाई बनाउँदा ‘राम्रो हुने’ म्यासेज दिएको बताइन्छ ।
भट्टले बोकेर हिँडेका उम्मेदवार सुनिल पौडेल हुन् । भट्टले नेपालको जलविद्युत,सेना,प्रहरी, सशस्त्र प्रहरी बल,ठूला परियोजना,रासायनिक मल र फास्ट ट्रयाकसम्म आफ्ना मान्छे मिलाएर एकछत्र बिचौलिया धन्दा चलाउँदै आएका छन् ।
ओलीकै पालामा लगानी बोर्डको सीईओमा आफ्नै दाजुलाई नियुक्त गराएर उनले त्यहाँबाट समेत बिचौलियाको काम गरिरहेका छन् । अब उनको ध्यान टेलिकमभित्र छिर्ने हो ।
“उनका बुबा चतुर्भुज भट्ट पहिले कृषि सामाग्री संस्थानको जीएम हुँदा मल खरिदमा घोटाला गरेका कारण झ्यालखाना गएका थिए । अहिले उनैका छोराले प्रधानमन्त्री भारत जानु एक दिनअगाडि बिहिवार दिउँसो २ बजे लगानी बोर्डको मिटिङ्ग राख्न लगाएर मलको कारोबार फुत्काएका हुन् ।
त्यहाँ भट्ट छिर्न खोज्नुको उद्देश्य चाहिँ अर्को नयाँ क्षेत्रमा पकड जमाउन खोज्नु हो भन्ने अनुमान लगाउन गाह्रो छैन । यसअघि सीजी टेलिकम लाइसेन्सको विषयमा पनि भट्टले भिलेनको रोल खेलेको बताइन्छ ।
सीजीको मेजमानीमा जेनेभा र स्पेन पुगेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई यिनैले यहाँबाट फोनमा अनेक रफु भरेका कारण उक्त लाइसेन्सको विषय अहिलेसम्म अड्किएको छ ।
भटट्ले अमेरिकी बियर हेनिकेनको एजेन्सीसमेत लिएका छन् । रासायनिक मलको कारोबार गर्नुमा पुर्ख्यौली सम्बन्ध छ । उनका बुबा चतुर्भुज भट्ट पहिले कृषि सामाग्री संस्थानको जीएम हुँदा मल खरिदमा घोटाला गरेका कारण झ्यालखाना गएका थिए ।
अहिले उनैका छोराले प्रधानमन्त्री भारत जानु एक दिनअगाडि बिहिवार दिउँसो २ बजे लगानी बोर्डको मिटिङ्ग राख्न लगाएर मलको कारोबार फुत्काएका हुन् ।
चैत १७ गते दिउँसो बालुवाटारमा बसेको बोर्ड बैठकमा भाइको एजेण्डा दाइले पेश गरेको बताइन्छ । त्यो दिन अरुण,कर्णाली र सेती जलविद्युत तथा मलसम्बन्धी थप निर्णय गराइएको थियो ।
अहिले जसरी पनि बाहिरबाट एमडी ल्याउनुपर्ने भन्दै भट्टको लबिङ भइसकेको गन्ध सुँघेका टेलिकम कर्मचारीले कुनै हालतमा भित्रैको मान्छे हुनुपर्ने आवाज उठाउँदै आन्दोलन गरेका हुन् ।
उक्त पदको निम्ति नौ जनाले आवेदन गरेका थिए । तीमध्ये तीन जनालाई सिफारिस गरिएको छ । नौमध्ये भट्टले बोकेका सुनिल पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कर्मचारी हुन् ।
अरुमा संगीता पहाडी र सुरज सिंह थापा टेलिकमका वरिष्ठ कर्मचारी हुन् । पहाडी चिफ कमर्सियल अफिसर र थापा चिफ ह्युमन रिसोर्स अफिसर हुन् ।
बुध्दि आचार्यले यसअघि नै टेलिकमको एमडी भएर काम गरिसकेका छन् । टेलिकमका पूर्व सञ्चालकहरु अमलेन्दुनारायण सिंह र प्रदिपराज उपाध्यायले पनि उक्त पदको निम्ति आवेदन गरेका छन् ।
अन्य आवेदनकर्तामा नगेन्द्रकुमार दास स्मार्ट टेलिकम,केयुकेएलका पूर्व एमडी अर्जुनबाबु ढकाल र दिपकबहादुर शाही हुन् ।
टिप्पणीहरू