७१ जना निर्वाचन अधिकृत हटाइए
निर्वाचन आयोगले यसअघि तोकिएका निर्वाचन अधिकृतमध्ये ७१ जनालाई हिजोदेखि हटाएको छ । चैत १३ गते गोरखापत्रमा प्रकाशित निर्वाचन अधिकृतहरुमध्ये विभिन्न कारणले ७१ जनालाई हटाइएको हो ।
उनीहरुको ठाउँमा नियुक्त राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतहरुलाई चैत २९ गतेदेखि लागु हुनेगरी नियुक्त गरिएको आयोगले जनाएको छ ।
स्थानीय तहको निर्वाचन हुन एक महिना बाँकी छँदा निर्वाचन अधिकृतहरु हटाएर रातारात नयाँ नियुक्त गर्नुपर्नाको कारणबारे आयोगले केही खुलाएको छैन ।
[pdf-embedder url=”https://www.janaaastha.com/wp-content/uploads/2022/04/pdff.pdf”]
टिप्पणीहरू